नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

 पुष १४, २०७९ बिहीबार १२:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो ।

पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको अर्धशतक बनाए । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन जोडे । पोखराका अमिर हम्जा र जाहिर खानले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । पोखराका अमिर हम्जाले ३७ रन र सुमित महर्जनले २६ रन बनाए । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले एक/एक विकेट लिए । यो जितसँगै विराटनगरले चार खेलमा चार अंक जोडेको छ । विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा अंकविहीन पोखरा पुछारमा छ । 

आज हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुँदैछ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । जनकपुरले तीन खेल खेलेकोमा दुई जितका साथ ४ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । फार वेस्टले ३ खेलमा एउटा जितेको छ । फार वेस्ट पाचौँ स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा ६ टोली सहभागी छन् ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया