एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला

 पुष १४, २०७९ बिहीबार १५:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो । 

पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एक/एक विकेट लिए । 

पहिलो पारीमा अस्ट्रेलियाका डेभिड वार्नरले दुई सय र एलेक्स केइरीले एक सय ११ रन बनाएका थिए ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया