सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले थापाथलीकाे बाग्मती नदी किनारमा रहेकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे छ ।
महानगरले आज बिहीवार एक पत्र पठाउँदै थापाथलीकाे बाग्मती नदी किनारकाे सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयाेग मागेकाे हाे । बाग्मती नदी किनारमा अनधिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेकाे र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएकाे पत्रमा उल्लेख छ । मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गर्न महानगरले अनुराेध गरिएकाे छ ।
‘थापाथलीकाे बाग्मती नदी किनारकाे अव्यवस्थित/अनधिकृत संरचना हटाइ त्यस क्षेत्रकाे संरक्षण एवम् साैन्दर्यीकरण गर्ने काम तत्काल अगाडि बढाउन बाग्मती सभ्यता एकीकृत विकास परियाेजनाबाट पनि अनुराेध भइ आएकाे र त्याे क्षैत्र खाली गराउन महानगरले प्रयास अगाडि बढाएकाे भए पनि सफल हुन सकेकाे छैन’, पत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।