सोनमको बयानले रिसले आगो भएकी कंगना भन्छिन्, ‘मेरो बारेमा बोल्ने अधिकार कसले दियो ?

 असोज २२, २०७५ सोमबार १६:५९:३६ | एजेन्सी
unn.prixa.net

बलिउडमा अभिनेत्री तनुश्री दत्ता र नाना पाटेकरबीचको विवाद नसक्किँदै एक अर्का निर्देशक विकास बहलको विवादमा कंगना रनावतले दिएको बयानप्रति सोनम कपूरले प्रतिक्रिया दिँदा फेरि हंगामा मच्चिएको छ ।

हालै एक कार्यक्रममा सोनम कपूरलाई यस सम्बन्धमा प्रश्न गर्र्दै ‘यदि यस अवस्थामा भएको भए तपाई कसरी सामना गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्नमा सोनमले भनिन्, ‘मलाई थाहा छैन म कसरी डिल गर्थेँ । तर मलाई ती महिलामाथि विश्वास छ । मलाई त्यो दुर्व्यवहार निकै खराब र कायरतापूर्ण लाग्यो ।’ 

सोनमलाई निर्देशक विकास बहललाई लागेको यौन शोषणको आरोपका बारेमा प्रश्न गर्दा उनले जवाफमा भनिन् ‘जे पनि भयो त्यो निकै खराब भयो । मैले जब यसबारे थाहा पाएँ मलाई एकदमै रिस उठेको थियो । कंगनाले पनि यस बारेमा लेखेकी थिइन् । तर कहिलेकाहीँ कंगना रनावतले जे बोल्छिन् त्यो सबै कुरालाई गम्भीरतापूर्वक लिन गाह्रो हुन्छ । तर जे भएको छ त्यो निकै खराब भएको छ ।’

सोनम कपूरको यस बयानका कारण कंगना रिसले आगो हुँदै जवाफ दिएकी छिन । कंगनाले जवाफमा भनिन्, ‘मेरो बारेमा जज गर्ने हक सोनमलाई कसले दियो ? के सोनमसँग लाइसेन्स छ र उनी कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्दै हिँड्नलाई ? उनी उनका पिता अनिल कपूरका कारण सेलिब्रिटी बनेकी हुन् । र त्यही कारण मानिसहरुले उनलाई चिन्छन् । तर मेरो पहिचान मेरो पिताका कारण बनेको होइन । १० वर्षसम्म संघर्ष गरेर मैले सेलिब्रिटीको रुपमा आफ्नो पहिचान बनाएकी हूँ ।’ 

कंगनाले अगाडि भनिन्, ‘सोनम कपूर न उत्कृष्ट अभिनेत्री हुन् न त असल वक्ता । तसर्थ सोनमलाई मेरो बारेमा केही भन्ने अधिकार छैन ।’ 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया