देशलाई रेमिट्यान्स पठाउन थालेको ६ वर्ष भयो, परिवारको लागि एउटा मोबाइल लैजान नपाउने ?

 पुष २४, २०७९ आइतबार १३:४५:३४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सुदर्शन चौहान / झापा, हाल यूएई

म अहिले रोजगारीको लागि यूएईको दुबईमा छु । ६ वर्ष भयो मलाई यहाँ काम गर्न थालेको । यो अवधिमा मैले महिनैपिच्छे घरमा पैसा पठाउँदै आएको छु । महिनामा ५५/६० हजार रुपैयाँ रेमिट्यान्स पठाउँछु । मैले मात्र होइन यसरी दैनिक हजारौँ नेपालीहरुले देशमा करोडौँ रेमिट्यान्स पठाउँछन् । तर बदलामा उनीहरुले के पाउँछन् त ? घरपरिवारका सदस्यको लागि एउटा माेबाइल पनि लिन पाउँदैनन् ।

आज मलाई नेपाल सरकारसँग केही भन्न मन लागेको छ । साँच्चै भन्नुपर्दा रिस उठेको छ । खासगरि मोबाइलको भन्सार लाग्ने सम्बन्धमा । हे नेपाल सरकार, किन हामी परदेशमा भएका नेपालीहरुलाई मात्रै दुःख दिन्छौ ? हामीले घरमा एउटा मोबाइल पनि लिन नपाउने ? श्रीमती, छोराछोरी, बुवाआमा, भाइबहिनीको रहर हुन्छ, राम्रो मोबाइल चलाउने । परदेशमा कमाएपछि केही सस्तो मूल्यमा यतैबाट एक मोबाइल लगिदिउँ भन्ने हाम्रो  पनि चाहना हुन्छ । तर मोबाइल लिनै नपाउने ? त्यसमै भन्सार लाग्ने, यो कस्तो नियम कानुन हो सरकार ?

अब म घर आउन लागेको छु । उता घरमा श्रीमतीले भन्छिन, ‘यत्रो ६ वर्ष परदेशमा बस्नुभयो, मेरो लागि एउटा माेबाइल पनि ल्याइदिनु हुन्न ?’ 

महिनाको ५५/६० हजार रुपैयाँ कमाउन सक्नेले एउटा मोबाइल किनिदिन मलाई कुनै पनि समस्या  छैन । तर मोबाइलको आधा रुपैयाँ जति त भन्सारमै तिर्नुपर्ने ! परदेशमा पसिना बगाएर देशको अर्थतन्त्र बलियो बनाउने परदेशीहरु खुसी भएका किन पच्दैन सरकार ? के परदेशमा पसिना बगाएर यसरी पठाएको रेमिट्यान्सले सरकारलाई पुगेन ? 

आफूले चलाइरहेको माेबाइल बाहेक अरु माेबाइलमा भन्सार लाग्छ । यो सबै गर्नुभन्दा बरु सिधै केही पनि नलिएर आऊ भन्नु नि सरकारले । किन भन्सारको बहाना बनाउँछ ? आफूले चलाएको माेबाइल बाहेक एउटा माेबाइल त कमसेकम बिना भन्सार लान देउ । के परदेशीहरुले माेबाइल धेरै ल्याएको कारण देश विकास हुन नसकेको हो र ?

यो रिसले त लाग्छ, अब रेमिट्यान्स नै पठाउन बन्द गरुँ । बरु हुन्डीबाटै पठाइदिउँ । मेरो मात्र होइन यो आक्रोश परदेशमा बस्ने सबैको हो । जुन दिन नेपाल सरकारले यो नियम हटाएर आफूले प्रयोग गरिरहेकोबाहेक कम्तीमा एउटा माेबाइल बिना भन्सार लान पाउने नियम लागु गर्छ त्यो दिनबाट मात्रै सहि तरिकाले देश र सरकारको हित हुने गरि रेमिट्यान्स गर्छु ।

परदेशीहरुले पैसा जोगाउन निकै प्रयास गर्छन् । यहाँँ सस्तो माेबाइल फोन चलाउँछन्, ता कि घर जाने बेलामा एउटा राम्रो माेबाइल लान पाउँ भनेर । यो अवस्थामा हामी के गर्ने ? ठिक छ, धेरै माेबाइल लैजाँदा देशलाई घाटा हुन्छ । त्यसमा प्रतिबन्ध लागाउनु सहि छ । तर एउटा पनि लैजान नपाउने भन्ने नियमको म विरोध गर्दछु । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • [email protected]

    Jan. 14, 2023, 6:06 p.m.

    kura 100% sahi ho kamsekam euta naya euta purano ta kamsekam nepal lana paiyosna

  •  0 Reply

तपाईको प्रतिक्रिया