पोखरा विमान दुर्घटना : आफन्तलाई शव बुझाउन सुरु

 माघ ३, २०७९ मंगलबार ६:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - आइतवार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ । हिजो बेलुकी पोखरा महानगरपालिका वडा नम्बर १३ का सदाकत अलि मियाँको शव परिवारले बुझेसँगै शव बुझाउने काम सुरु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हिजो बेलुकीदेखि शव परीक्षण सुरु गरेर बुझाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनामा अहिलेसम्म फेला परेका ७० जनाको शवमध्ये २४ जनाको शवको पोखरामै परीक्षण गरी आफन्तलाई बुझाउने तयारी छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाण्डाैदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाण्डाैको शिक्षण अस्पतालमा  परीक्षण हुनेछ । ती शवलाई अहिले बिहान आठ बजे हेलिकप्टरमार्फत् काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

शव लिन हिजै नेपाली सेनाको हेलिकप्टर पोखरा पुगेको छ । पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा परेका ७२ जनामध्ये दुई जना यात्रुको खोजी भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया