झापाको बाहुनडाँगीमा तरुल महोत्सव : तरुलको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

 माघ १, २०८१ मंगलबार १२:३८:४२ | रासस
unn.prixa.net

झापा – माघेसङ्क्रान्तिको अवसरमा झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल महोत्सव आयोजना भएको छ । महोत्सवमा नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ ।

तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रर्वद्धन गर्ने उद्देश्यले तीन दिने महोत्सवमा गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा भारतका चार वटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छ ।

महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन् । तरुलबाट बनाइएको मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ ।

सिमल तरुल, घर तरुल, वन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया