दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको ज्यान गयो

 पुष २८, २०८१ आइतबार १८:१९:३१ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको ज्यान गएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।

आज दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसूस भयो भनी भवनमै रहेको निवासमा जानुभएका उहाँ ओछ्यानमै ढलेको अवस्थामा भेटिनुभएको कर्मचारीहरूले बताएका छन् । भूजलाई तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कपिलवस्तु स्थायी घर भएका भूज जागिरको सिलसिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आउनुभएको थियो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया