एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा प्रमुख सचेतक लेखकले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाष रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताउनुभयो । संविधान र ऐनको भावनमा एकरूपता ल्याउन आफूहरू लाग्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाष छन् । राष्ट्रपतिले चुनाव भएकै बेला, दिनदेखि कार्यकाल प्रारम्भ हुने भनिएको छ । ऐनको कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिला चुनाव गर्नुपर्छ भनेको छ । त्यसरी जाँदा, ऐनलाई संशोधन नगरि जाने हो भने प्रत्येक कार्यकालमा एक/एक महिना घटेर जान्छ । ऐन संशोधन गर्नुपर्ने अवस्था पनि भएको छ ।’
प्रमुख सचेतक लेखकले ऐनअनुसार गर्दा कार्यकाल घट्ने भएकाले संविधानअनुसार नै संशोधन हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।