संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई कारबाही गरेकाे छ ।
काठमाण्डाैकाे बबरमहलमा बिहीवार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेकाे हाे । भाडाका मिनी बस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा गाडी कारबाहीमा परेको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
वातावरण विभाग बबरमहल र काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा गाडी जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा परेका हुन् । गाडी मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने छ ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले गाडीकाे अवस्था जाँच गरी दुरुस्त अवस्थामा राख्न चालकलाई प्रवक्ता भट्टले अनुरोध गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।