संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको छ ।
बाग्मतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३ ओभर २ बलमा ६७ रनमा अलआउट भयो । आर्मीकी अञ्जली विश्वकर्माले १४, नगिमा तामाङले १३ रन बनाइन् । बाग्मतीकी सोनु खड्का, मनिषा उपाध्याय र कञ्चन श्रेष्ठले २/२ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन बनायो । बाग्मतीकी यशु पाण्डेले २५, कञ्चन श्रेष्ठले नटआउट २४ र यशोदा विष्टले नटआउट २० रन बनाए । आर्मीकी ईश्वरी विष्ट र लक्ष्मी साउदले १/१ विकेट लिए ।
यो जीतसँगै बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आर्मी २ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यस्तै समूह 'बी' को अर्काे खेलमा अहिले दोस्रो स्थानको कोशी प्रदेश र पुछारको मधेश प्रदेश खेलिरहेका छन् ।
प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् । ‘सुपर फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।