वाणिज्य बैंकहरूकाे नाफामा कमी

 माघ ७, २०८१ सोमबार १५:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – बैंकहरूको निष्क्रिय कर्जा बढ्दा नाफामा कमी आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको रिपोर्टअनुसार बैंकहरूको नाफामा कमी देखिएको हो ।

निष्क्रिय कर्जा बढेको, सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम बढेको र अधिक तरलताका कारण नाफा प्रभावित बनेको वाणिज्य बैंकहरूले जनाएका छन् ।

आज २० वटा वाणिज्य बैंकहरूले प्रकाशन गरेको रिपोर्टअनुसार अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यो वर्षको ६ महिनामा नाफा ४ दशमलव ३६ प्रतिशतले घटेको छ । गएको आर्थिक वर्षको ६ महिनामा २० वटा वाणिज्य बैंकले २८ अर्ब ६८ करोड ८३ लाख नाफा कमाएकोमा यो आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् ।

रिपोर्टअनुसार २० मध्ये ११ वटा बैंकको नाफा सामान्य बढेको छ भने ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । नबिल बैंकको नाफा सबैभन्दा धेरै बढेको छ भने एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सबैभन्दा धेरै नाफा कमाउने सूचीको दोस्रो नम्बरमा ग्लोबल आईएमई, तेस्रोमा इन्भेस्टमेन्ट मेगा बैंक, चौथोमा एभरेस्ट र पाँचौं नम्बरमा एनएमबी बैंक रहेका छन् ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया