मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

 माघ ६, २०७९ शुक्रबार १०:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ ।

गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्नुभएको हो । पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छाैँ । मिटरब्याजी समस्याले हजारौँ किसान पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यस पटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bharat prasad mehta

    Jan. 20, 2023, 11:05 a.m.

    Biyaj rahit Kisan lai kirasi karja ko bayabastha huda ramro hunthayo

  •  0 Reply

तपाईको प्रतिक्रिया