खराब मौसमका कारण हवाई उडान प्रभावित, विमान 'डाइभर्ट'

 माघ ६, २०७९ शुक्रबार ११:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । तुवाँलोका कारण आन्तरिक र बाह्य उडान प्रभावित भएको हो ।

भिजिबिलिटी कम हुँदा आज बिहान मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमानलाई 'डाईभर्ट' गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपाल एअरलाइन्सको आरए–४१६ विमानलाई भारतको कोलकाता 'डाईभर्ट' गरिएको थियो ।

यस्तै नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको विमान पनि अवतरण गर्न नसकेपछि झापाको भद्रपुर डाईभर्ट गरिएको थियो । मौसम खुल्न थालेकाले अब बिस्तारै उडान अवतरण सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ ।

तस्बिर : रुटिन अफ दमक बन्द

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया