काठमाण्डौसहित देशका धेरै ठाउँमा चिसो : आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली

 माघ ७, २०७९ शनिबार ७:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि चिसो बढेको छ । मौसम बदली हुँदा र घाम नलाग्दा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो । कतैकतै फाट्टफुट्ट हिमपात भएकाले पनि चिसो बढेको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र मधेस प्रदेश तथा प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकामा बिहान न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको थियो । काठमाण्डौको उच्चतम तापक्रम हिजो १८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै जोमसोम, जिरी र जुम्लामा न्यूनतम तापक्रम माइनसमा रहेको छ ।

जोमसोममा माइनस ६ दशमलव ५, जुम्लामा माइनस ३ र जिरीमा माइनस १ दशमलव ३ डिग्री रहेको छ । पोखरामा ४ दशमलव ९, भैरहवामा ८, डडेलधुरामा ५, दिपायलमा ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया