किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : मन्त्री साह

 माघ ७, २०७९ शनिबार १४:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालयले तयारी गरिरहेकाे बताउनुभएकाे छ ।

शनिवार काठमाण्डौमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनु भयो । उहाँले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।  

यस्तै उहाँले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको भन्दै गरिब समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोषक तत्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन । बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यक्ता हुन्छ । र त्यसैले सबै जनताको पहुँचमा यसको विस्तार गर्न आवश्यक रहेको छ । मन्त्रालय यस्ता खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासरत छ तर अहिले पनि दुर्भाग्य देशमा उत्पादन गर्न सकिने खाद्य श्रोतहरुको आयातमा खर्बौं रुपैयाँ विदेशीहरेको छ । अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ । तर किसानहरु बर्ड फ्लू दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, बर्ड फ्लूबाट परेको असरलाई कम गर्न साना कृषकलाई लगानी अनुसारको प्रतिफल पाउन संघर्ष गरिरहेको समस्याबाट ग्रस्त छ । बर्ड फ्लूको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ ।’

मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरु बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको पनि उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया