संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफा...
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ कार्यक्रमको आयोजना गर्दैछ ।
देशभरका सूचना प्रविधि क्षेत्रमा अध्ययनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन यही माघ २७ देखि माघ २९ गतेसम्म आयोजना गरिँदै छ ।
विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यस ह्याकाथनमा सहकार्य गर्न लागेको हो ।
यसको प्रमुख उदेश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।
शिक्वल फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समूहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाण्डौ लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेका छन् ।
यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।
यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको छ ।
यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीन जनाको समुह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन् ।
दर्ता भएका समूहमध्येबाट छानिएकाहरुको लिस्ट माघ २० घोषणा गरिने छ । कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेशन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।