शहीद सप्ताह सुरु, शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम हुँदै

 माघ १०, २०७९ मंगलबार ९:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि शहीद सप्ताह कार्यक्रम सुरु भएको छ । आजदेखि आउँदो सोमवारसम्म विविध कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ ।

देश र नागरिकको मुक्तिका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा काठमाण्डौको शहीदगेटमा शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा माल्यार्पण गरिने छ भने र टेकुको पिपलबोटमा रहेको शालिकमा पनि माल्यार्पण गरिन्छ ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनमा होमिँदा विस‌ं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । त्यसै घटनालाई स्मरण गर्दै विसं २०१२ सालदेखि हरेक वर्ष माघ १६ गतेलाई  शहीद दिवसका रुपमा मनाउने गरिएको छ । केही वर्षयतादेखि भने शहीदहरुको सम्झनामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको  तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया