आइएमई पे एप ४० लाख डाउनलोड भयाे

 माघ ११, २०७९ बुधबार २०:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आईएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिमा केक काटेर खुसीयाली साटासाट गरिएको थियो । आईएमई ग्रुपमा कार्यरत कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै उत्सव पनि मनाइएको हाे ।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले त्यस अवसरमा सहकर्मी साथीहरूकाबीच खुसी आदानप्रदान गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गर्नुभएको थियो ।

के हाे आईएमई पे ?

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

'आईएमई पे' आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याैट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्‍याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आईएमई पे विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
  

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया