त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु

 माघ १४, २०७९ शनिबार १५:४९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु भएका छन् ।

सबै सरकारी वेबसाइट डाउन हुँदा भिसा र पासपोर्टको अनलाइन अध्ययन हुन सकेको थिएन । अध्यागमनकै साइट समेत डाउन हुँदा उडान ठप्प भएका थिए भने विदेशबाट आएका यात्रुहरुको पनि जाँच हुन नसक्दा लामो लाइन लागेको थियो ।

‘अहिले पनि साइट त खुलेको छैन तर म्यानुअल विधिबाट पासपोर्ट र भिसाको काम गरेर उडान सुरु भएको छ,’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भन्नुभयो । पूरै प्रणालीमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फका उडान दिउँसो साढे १ बजेदेखि साढे तीन बजेसम्म रोकिएका छन् । 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया