मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डौ – शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोहबीच लोकार्पण गरिएको छ ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित समारोहका प्रमुख अतिथि घनश्याम राजकर्णिकारले नियात्रा संग्रहमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्णन गरेको बताउनु भयो।
समाजका संरक्षक पवन आलोकले नियात्रामा जहाँ पुग्यो त्यहीँको भाषा, परिवेश, रहनसहन, मौलिकता टपप्क टिपेको उहाँले बताउनु भयो ।
नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले नियात्रामा पूर्वस्मृति र स्थानगत तादत्म्यता देखाइदिएको बताउनु भयो ।
कार्यक्रममा नियात्राकार जय छाङ्छाले पुस्तकको बारेमा विस्तृत समीक्षा गर्नुभएको थियो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा शंकर भारती, डा. शान्तिमाया गिरी र नियात्राकार डा. सदानन्द कडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।