बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती घाइते, बच्चाको ज्यान गयो

 माघ १६, २०७९ सोमबार ९:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाँकेमा एक जनाले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षका छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन्  ।

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले हिजो बेलुका श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार गंगाले  छोरालाई बोक्नु भएको थियो ।

आगोले जलेका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते गंगाको उपचार भइरहेको छ । श्रीमती र बच्चालाई आगो लगाउने भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया