साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाडाैं - नेपाली सेनाले संविधानविरोधी विखण्डनबादी तत्वहरुको गतिविधिलाई सूक्ष्म ढंगले नियाली रहेको जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनबादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई नेपाली सेनाले सूक्ष्म ढंगले नियाली रहेको बताउनुभएको हो ।
बिहीबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी उहाँले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।
त्यस अवसरमा प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानसेनापति थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनहरुको पालना गर्ने दायित्वबाट विचलित नहुने पनि स्पष्ट पार्नु भयो ।
उहाँले नेपाली सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन आफू सचेत रहेको पनि बताउनु भयो । प्रधानसेनापति थापाले नेपाली सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रुपमा स्थापित गराउन आफू लागि परेको पनि स्मरण गराउनु भयो ।
उहाँले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरुलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।