प्रिमियर लिग : उल्भ्सले लिभरपुललाई र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हरायो

 माघ २२, २०७९ आइतबार ६:३९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो ।

उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै उल्भ्सको २१ खेलबाट २० अङ्क भएको छ । उल्भ्स १५औं स्थानमा छ । पराजित लिभरपुल २० खेलमा २९ अङ्कका साथ १०औं स्थानमा रहेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे ।

क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए । खेलको ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाइटेडको २१ खेलमा ४२ अङ्क भएको छ । युनाइटेड तेस्रो स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस २१ खेलमा २४ अङ्कका साथ १२औं स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया