२० वर्षमुनिकाे महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४ गोलले हरायो

 माघ २२, २०७९ आइतबार १७:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशमा भइरहेको २० वर्षमुनिकाे महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई चार–शून्य गोलले हराएको छ ।

ढाकामा आज आइतवार भएको खेलमा भुटानलाई चार–शून्य गोल अन्तरले हराउँदै नेपालले प्रतियाेगितामा पहिलाे जित निकालेको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले एक गोल गरिन् ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग तीन–एक गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि आउँदाे बिहीवार खेल्नेछन् ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया