सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई बलात्कार गरेकाे आराेप लागेका पाण्डेलाई ७ वर्ष कैद सजाय

 माघ २३, २०७९ सोमबार १८:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सौन्दर्य प्रतियोगिताको नाममा बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाण्डाैले सात वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय तोकेको हो । बलात्कारको अभियोगमा हदम्याद गुज्रिएपछि प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको थियो ।

मिस ग्लोबल इन्टरनेशनल नामको सौन्दर्य प्रतियोगिताका आयोजक पाण्डेले सन् २०१४ को प्रतियोगितामा सहभागी एक बालिकालाई नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो । त्यतिखेर आफू नाबालिग नै भएको र त्यस घटनापछि विक्षिप्त भएको भन्दै गएको जेठमा ती किशोरीले टिकटकमा २२ वटा भिडिओ क्लिप सार्वजनिक गरेकी थिइन् । भिडिओ सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भेटेर जोहेरी दिन भन्दै अनुसन्धान अघि बढाएको थियो । प्रहरीले पाण्डेलाई गएको जेठ ७ गते पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया