मिटरब्याज पीडितलाई गृह मन्त्री श्रेष्ठकाे आश्वासन– ‘माग सम्बोधन ...
चैत १९, २०७९ आइतबार
जुम्ला – तीन वर्षदेखि टहरामा बस्दै आउनुभएकी बिजमाया जैसीको आवास अभियानका लागि गुठीचौर गाउँपालिकाले एक लाख रुपैयाँ विनियोजन गर्ने भएकाे छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको बैठकले बिजमायालाई तत्काल एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । गाउँपालिकाले रकम विनियोजन गर्ने भएपछि बिजमायाकाे आवास बन्ने अभियान सुरु भएकाे छ ।
गुठीचौर ५ की ४० वर्षीया बिजमाया जैसी तीन वर्षअघि हिमपातले घर भत्किएपछि टहरामा बस्दै आउनुभएकाे थियाे । याे विषय सञ्चारमाध्यमले बाहिर ल्याएपछि बिजमायाको आवास बनाउने अभियान सुरु भएको छ ।
गाउँपालिकामा आफूले दिएकाे निवेदनअनुसार गाउँपालिकाले अभियान सुरु गरेपछि अब केही आशा जागेको र गाउँपालिकालाई सहयोगका लागि उहाँले धन्यवाद दिनुभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।