साफ यू–२० महिला च्याम्पियनसिप : जित्नैपर्ने दबाबसहित भारतसँग खेल्दै नेपाल

 माघ २४, २०७९ मंगलबार ८:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्लादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दैैछ । राउण्ड रोबिन लिग अन्तर्गत यो नेपालको अन्तिम खेल हो । फाइनलमा पुग्नको लागि नेपालले यो खेल जित्नैपर्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो । भारतसँग पराजित भएमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेमा बङ्लादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ । भारत ४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

आज बराबरी खेले पनि भारत फाइनल पुग्नेछ । ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बङ्लादेश खेल्नेछन् ।  बङ्लादेश ४ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

भुटान दुई खेलमा अङ्कविहीन रहँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्लादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया