काठमाण्डौ उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि, १७ सयभन्दा धेरै पक्षी नष्ट

 माघ २४, २०७९ मंगलबार ११:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि भएको छ । काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ६ र तार्केश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म तथा रामकोट र तारकेश्वरको निजी फार्ममा कुखुरा र टर्की मर्न थालेपछि नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको उहाँले बताउनुभयो । ती सबै फार्मका पक्षी तथा पक्षीजन्य वस्तु नष्ट गरिएको छ ।

खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । यस्तै तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

उपत्यकामा बर्ड फ्लु पुष्टि भएकाले थप परीक्षण र नियन्त्रणको प्रयास भइरहेको भन्दै प्रवक्ता ढकालले सावधानी अपनाउन पक्षी पालकहरुलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया