सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको छ : मन्त्री शर्मा

 माघ २४, २०७९ मंगलबार १४:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको दाबी गर्नुभएको छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । 

काठमाण्डाैकाे भृकुटीमण्डपमा मङ्गलवारदेखि सुरु भएको 'सूचना प्रविधि मेला' को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो । उहाँले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढङ्गले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेकोसमेत बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर देशलाई अघि बढाउन महत्त्वाकाङ्क्षी योजनाहरू अघि सार्ने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने लगानी, गर्नुपर्ने सहयोग, गर्नुपर्ने कुराहरू के–के हुन्छन् भन्नेबारे पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । यसका निम्ति यहाँहरूका आइडिया, सुझावहरू पनि मन्त्रालयले प्राप्त गर्न सकोस् ।सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले म के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सविस्तार अध्ययन गरेर अघि बढनेछौँ ।’

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया