मैतीदेवीकाे प्रहरी बिटमा काठमाण्डाै महानगरकाे डोजर

 माघ २४, २०७९ मंगलबार १४:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ । मङ्गलवार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो ।

महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको छ । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो ।

यस क्षेत्रमा गाडीकाे चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prakash

    Feb. 8, 2023, 7:30 p.m.

    अतिरञ्जित हेडलाइन भयो । महानगरको डोजर भन्नु को सट्टा सभ्य हेडलाइन प्रयोग गर्न सकिन्न? की भिउज अनि भाइरल हुने चक्कर मा जे हेडलाइन लेखे पनि हुने हो ? यो काम राम्रै त हो नी तर मानौं महानगरको ज्यादती भन्ने खालको भान हुने हेडलाइन राखेर भ्रमित पार्न खोज्ने? उज्यालो को subscriber घटेका छन् छैनन्? अब घटना सक्छन् है । मिडिया प्रती जनताको आक्रोश बढ्दो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया