भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा

 माघ २४, २०७९ मंगलबार १६:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।

ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हरायाे । एक गाेलले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गाेल गरिन् ।

याे जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदाे बिहीवार खेल्नेछ । आजै हुने बङ्गलादेश र भुटानको खेलमा फाइनलमा पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गाेलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गाेलले हराएको थियो ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया