राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएकाे, कि प्रश्न साेध्नै नहुने हाे ? : महामन्त्री थापा

 माघ २५, २०७९ बुधबार १४:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा किन गएको ? भनी प्रश्न गर्नुभएकाे छ । 

बुधवार काठमाण्डाैमा आयोजित 'अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोमा पनि रास्वपाप्रति असन्तुष्टि जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुराना नेताहरूलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको ? सरकारमा किन गएको भनेर भन्न नपर्ने । सरकारमा गएको मान्छे फेरि किन बाहिर गएको ? अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग गरिएको सहमति पालना भएन भन्ने । सहमति कसले पालना नगरेको ? प्रधानमन्त्रीले पालना नगरेको ? सबैभन्दा बढी रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि अहिले सरकार छोड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो ?’

कार्यक्रममा बाेल्दै महामन्त्री थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया