स्कटल्यान्ड र नामिबियासँगको एक दिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा

 माघ २७, २०७९ शुक्रबार ७:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय शृङ्खलाको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले १४ जना खेलाडी समावेश गरेर टिमको घोषणा गरेको हो ।

नेपाली टीममा सूर्य तामाङ पहिलोपटक समावेश भएका छन् । आउँदो फागुन २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शृङ्खला सुरु हुँदैछ । नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग,  ५ गते स्कटल्यान्डसँग, ६ गते नामिबियासँग र नौ गते स्कटल्यान्डसँग खेल्नेछ ।

लिगको तालिकामा ३२ खेलमा ४६ अङ्कसहित स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । ३० खेलमा ३७ अङ्कसहित नामिबिया तेस्रो र २४ खेलमा १८ अङ्कसहित नेपाल छैटाैँ स्थानमा रहेको छ । एकदिवसीय मान्यता जोगाइराख्न नेपाललाईं लिगका बाँकी खेलमा जितको खाँचो रहेको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया