जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकामा बर्ड फ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरपालिकाको पशु शाखाले विज्ञप्ति निकालेर पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निसङ्क्रमण गर्न आग्रह गरेको छ ।
घरपालुवा पक्षीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा पुग्न नदिन, पशुपक्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पक्षीलाई गहिरो खाल्डोमा पुर्न तथा प्रयोग भइसकेका पुराना क्रेट, बोरा जस्ता सामग्री आफ्नो फार्ममा प्रयोग नगर्न र अस्वाभाविक रुपमा पक्षी बिरामी भएमा तत्काल नजिकैको पशु सेवा कार्यालयमा सूचना दिन आग्रह गरिएको छ ।
काठमाण्डौ उपत्यकामा अहिले पक्षीको टाउको सुन्निने, सिउर लोती निलो, कालो हुने र धेरै सङ्ख्यामा एकै पटक मर्ने जस्ता समस्या देखिएको छ । बर्ड फ्लु अत्यन्तै छिटो फैलिने र मानिसमा समेत सर्न सक्ने रोग भएकाले सचेत हुन विज्ञको आग्रह छ । काठमाण्डाै उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।