जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिजो ट्रमा सेन्टरका डाक्टर कुट्ने प्रहरी निलम्बनमा परेका छन् ।
राष्ट्रपति भण्डारीको सवारीका बेला हिजो ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपतिको सवारीको बेला प्रहरीले बाटो हिँड्न पनि रोक लगाउँदै ट्रमा सेन्टरका डाक्टर सिँहलाई कुटपिट गरेको थियो । घटनाको विरोध गरेका अरु डाक्टर र स्वास्थ्यकर्मीलाई पनि प्रहरीले लछारपछार गरेपछि चौतर्फी विरोध भएको छ ।
घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।