आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह

 माघ २९, २०७९ आइतबार ७:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ ।

दिउँसो १२ बजेपछि यी क्षेत्रमा तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हावाहुरी ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चल्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । यो वायुको प्रभावले काठमाण्डौसहित अन्य क्षेत्रमा पनि हावा चल्ने अनुमान छ । तर, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा जस्तो अन्य ठाउँमा तीव्र गतिमा हावा नचल्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

हावाहुरीले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा क्षति गर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । दिउँसोको समयमा घर बाहिर  हिँडडुल गर्दा सतर्कता अपनाउन सुझाव दिइएको हो । हावाहुरी चलेको समयमा सकेसम्म घरभित्रै बस्न मौसमविद् श्रेष्ठको सल्लाह छ ।

१३ देखि २२ किलोमिटर प्रति घण्टाको गतिमा चल्ने हवाहुरीलाई सामान्य मानिन्छ । तर, ४० देखि ५० किलोमिटर प्रतिघण्टामा हावा चल्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया