आन्दोलन फिर्ता गरेर बिरामीको उपचारमा जुट्न चिकित्सक सङ्घलाई स्वास्थ्य मन्त्रालयको आग्रह

 माघ २९, २०७९ आइतबार ८:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको उपचारमा जुट्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको हो ।

अस्ति राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै बिरामीको उपचारमा फर्किन अनुरोध गरेको छ ।

घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक सङ्घले उठाएका विषयलाई संवादमार्फत् समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ  । विज्ञप्तिमा घाइते भएका डाक्टरको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । 

नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ । देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा परेका छन् ।

डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया