नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १० विकेटले हराएकाे छ ।
मधेशले दिएको २६ रनको लक्ष्य आर्मीले १ विकेट पनि नगुमाई १५ बलमै भेटायो । आर्मीकी सम्झना खड्काले २२, अञ्जली विश्वकर्माले ४ रन बनाइन् ।
यसअघि धनगढीमा टस जितेर ब्याटिङ गरेको मधेश १५ ओभर २ बलमा २५ रनमै अलआउट भयो । मधेशका ७ जना खेलाडी शून्य रनमै आउट भए । मधेशकी भूमि सिंहले सबैभन्दा धेरै १० रन बनाइन् । आर्मीकी आश्मा पुलामी मगरले ह्याट्रिक विकेट लिइन् ।
याे जीतसँगै आर्मी २ अङ्कसहित समूह 'बी' काे शीर्ष स्थानमा छ । यस्तै आज भएकाे समूह 'बी' काे पहिलाे खेलमा कोशी प्रदेशले बाग्मती प्रदेशलाई १० रनले हरायाे । याे जीतसँगै काेशी दाेस्राे स्थानमा छ ।
प्रधानमन्त्री कप महिला क्रिकेटमा आजदेखि समूह 'बी' का खेल शुरू भएको हो । समूह 'ए' बाट एपीएफ शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका छन् ।
सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।