मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डौ – नेपाल स्रष्टा समाजले कवि जानु धितालको पहिलो कवितासङ्ग्रह ‘छाउगोठकी आमा’को लोकार्पण गरेको छ ।
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायतले संयुक्तरुपमा सङ्ग्रहको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले जानुका कवितामा नारीका दमित आवाज मुखरित भएको बताउनुभयो ।
नारीका चेतनाका साथै समसामयिक विषयका २६ वटा कविता रहेको ‘छाउगोठकी आमा’को बारेमा प्राडा भरतकुमार भट्टराई , डा.शान्तिमाया गिरी र कवि स्नेह सायमीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कवि जानु धितालले सृजना यात्रामा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै दुई लोकार्पित सङ्ग्रहका कविता वाचन गर्नुभएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको सो कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्ष विधान आचार्य र कवि माधव विडारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।