जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन ...
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरूलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा पहिलो कृषि नै हो । कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरूतिर जोड दिने एउटा अभियानतिर देशलाई लैजान सकिएन भने आत्मनिर्भरता हुने या अर्थतन्त्रमा सुधार गर्ने अन्य उपायहरू सहायक नै हुन्छन् । कृषिमा सुधार, त्यसका लागि चाहिने अन्य आवश्यक प्रविधि, ज्ञान, सिपको विकास नै प्राथमिकतामा पर्नुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक विकासको निम्ति सङ्घीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संविधानले परिकल्पना गरेअनुसार सङ्घीय संरचना चलाउने ऐन नै नबनाइकन सङ्घीयता उपयुक्त भएन भन्ने निष्कर्ष निकाल्न नहुने जिकिर गर्नुभयाे । नागरिकलाई अधिकार सम्पन्न बनाउनेतिर ध्यान जान जरुरी रहेको भन्दै नागरिकमा गएको अधिकार खोस्नु दुर्भाग्यपूर्ण हुने उहाँकाे भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले आफूले अहिले देशको अर्थतन्त्र सुधारको विषयलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कुल प्रसाद
Feb. 12, 2023, 9:26 p.m.कृषि मा उत्पादन उत्पादक्त्व बृद्दिको लागि आवस्यक बीउ सिंचाइ प्रबिधी र बजारिकरणमा राज्यको भुमिका के कस्तो हुने भन्ने सम्वन्धमा तिनै तहका सरकार स्पष्ट हुनु पर्यो । स्वदेशी उत्पादन्ले बजार नपाउने र बिदेशी उत्पादन मा भर पर्नुपर्ने हालको अबस्थामा यथाशीघ्र परिवर्तन ल्याउन आवश्यकता छ । स्थानीय बाली कोदो फापर जौ लाट्टे जुनेलो काउनु आलु जस्ता बालिको अनुसन्धान तथा बिकास गरि कृषिमा आत्म निर्भरता नै आजको आवश्यकता हो ।