नेपालले २२ टनभन्दा धेरै राहत सामग्री टर्की पठायो

 फागुन १, २०७९ सोमबार १३:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानाे कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।  

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किएस एअरलाइन्सलाई धन्यवाद दिएको छ ।

गएको सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार छ सय ९५ जना र सिरियामा तीन हजार पाँच सय जना गरी ३३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया