बढेको जरिबाना रकम र लाइसेन्स खारेजीको विरोधमा सडकमै गाडी तेर्साएर आन्दोलन

 फागुन १, २०७९ सोमबार १५:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको नयाँ बसपार्कबाहिरको सडकमा यातायात मजदुरले विरोध प्रदर्शन गरेका छन् । यातायात मजदुरले सडकमै गाडी तेर्साएर प्रदर्शन गर्दा नयाँ बसपार्क, बालाजु, गोगङ्बु, माछापोखरीलगायत क्षेत्रको यातायात अस्तव्यस्त भएको छ ।

ट्राफिक नियम मिच्दा तिर्नुपर्ने जरिबाना रकम बढाएको, पाँच पटकभन्दा धेरै गल्ती गर्दा लाइसेन्स खारेजी हुने नयाँ नियमलगायतको विरोधमा मजदुरले आन्दोलन गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार ट्राफिक नियम मिच्दा पाँच सयदेखि १५ सय रुपैँयाँसम्म जरिबाना हुँदै आएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bal Bahadur Roka Magar

    Feb. 13, 2023, 4:30 p.m.

    ट्राफिक नियम पालना गरौं । कसैको विरुद्ध आन्दोलन गर्न पदैैन । जरिवाना बढाइएको होइन होला, गल्ती नगरुन भन्न खोजिएको होला, जरिवाना तिर्न नै गल्ती गर्ने भए भन्नु केही छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया