सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु

 फागुन २, २०७९ मंगलबार ९:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता सुरु भएको हो ।  

ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात व्यवसायी र मजदुरले आन्दोलन गरेका छन् । हिजो उनीहरुले काठमाण्डाैकाे नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए ।

आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए ।

आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए । झडपमा केही  प्रहरी पनि घाइते भएका थिए । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । उनीहरुको आन्दोलनका कारण काठमाण्डौ उत्यकामा आज कम गाडी चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी  हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको संख्या आज कम रहेको जनाएको छ । यातायात व्यवसायी र मजदुरको आन्दोलनका कारण यात्रु मारमा परेका छन् । सामाजिक सञ्जालमा आन्दोलनको विरोध र आलोचना भइरहेको छ ।  

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया