सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने, भाडा ८ हजार रुपैयाँ

 फागुन ३, २०७९ बुधबार १०:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ – सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो ।

सीता एअरले आफ्नाे जहाज भाडा घटाएको छ । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिनुभयो । यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो ।

अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ ।

सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् । 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • मनोज

    Feb. 17, 2023, 8:56 a.m.

    उडान नियमित होस, बिचमै नरोकियोस ।

  •  0 Reply
  • तेज बहदुर बुढाथोकि

    Feb. 15, 2023, 10:40 a.m.

    खुसी लाग्यो । बधाई छ हामी दङ्गाली बासी लाइ

  •  0 Reply

तपाईको प्रतिक्रिया