नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाैकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।
आज बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका सुरक्षा अधिकारीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले त्यति ठूलो घटना हुँदा पनि सुरक्षा निकायको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टिसमेत पोख्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाको जतिसक्यो चाँडो अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । लुटपाटको घटनाले समाजमा त्रास सिर्जना गरेको भन्दै उहाँले गल्ती गर्ने जो कोही पनि कारबाहीमा पर्छन् भन्ने सन्देश दिन पनि आग्रह गर्नुभयो ।
जवाफमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले घटनाको अनुसन्धान भइरहेको र केही शङ्कास्पद व्यक्ति पक्राउ परेको समेत जानकारी गराउनुभएको छ । घटना पूर्वानुमान गरेको भन्दा निकै फरक भएकाले सुरक्षा अङ्ग चुकेको पनि उहाँले बताउनुभएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गएको सोमवार यातायात मजदुरहरूले ट्राफिक नियमका विरुद्ध सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए । तर सरकार र यातयात मजदुरबीच ट्राफिक नियमबारे सहमति भइसकेपछि पनि प्रदर्शन उग्र बनेको थियो । प्रदर्शनकारीहरूले प्रहरीका भ्यान र प्रहरी बिट जलाउनुको साथै नयाँ बसपार्कमा रहेको ल्होत्से मलका पसलमा लुटपाट गरेका थिए ।
यसैबीच सांसदरूले गएको सोमवार काठमाण्डाैकाे नयाँ बसपार्कमा भएको लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद सूर्य थापाले नयाँ बसपार्क बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाण्डाैकाे मुख्य भागमै भएको घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताउनुभयो । यस्तै सांसद विराजभक्त श्रेष्ठले काठमाण्डाैकाे गोङ्गबु बसपार्कमा भएको लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोङ्गबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शङ्कर भण्डारीले गोङ्गबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।