नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – आउँदाे मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाकाे नमस्ते रेस्टुरेन्टमा नेपाली खानाकाे प्रवर्धन कार्यक्रम हुने भएको छ ।
नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आउनुभएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्किने कार्यक्रम रहेको छ । नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । खाना प्रवर्धन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ ।
सेफ साहले नेपाली खानाकाे प्रवर्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशीले चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्धन गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म नेपाली खानाकाे प्रवर्धनका लागि लागेको छु । नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ भनेर लागेको छु । लेखेर, भनेरमात्रै नभइ संसारका मानिसले खान पनि पाउनुपर्छ भनेर नै विदेशीलाई नेपाली खाना चखाउन अस्ट्रेलियामा प्रवर्धन गर्न लागेको हो ।’
कार्यक्रममार्फत नेपाली खाना अस्ट्रेलियामा प्रचारप्रसार हुनेमा आशावादी रहेको सेफ साहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।