नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सर्वोच्च अदालतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चुनावी खर्च विवरण नबुझाएकोमा तत्काल जरिबाना असुल नगर्न अन्तरिम आदेश दिएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनीलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासले शाहसँग जरिबाना नलिन निर्वाचन आयोगका नाममा आदेश जारी गरेको हो । निर्वाचन आयोगले शाहसहित एक लाख २३ हजार छ सय २४ जनालाई जरिबाना अशुल गर्ने निर्णय गरेकोमा शााहले सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
गएको मङ्सिरमा चुनाव सम्पन्न भएको ३० दिनभित्र आयोगमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिबाना तोक्दै छ महिनाभित्र तिर्न निर्वाचन आयोगले 'अल्टिमेटम' दिएको थियो । आयोगले काठमाण्डाैका मेयर शाहलाई पाँच लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।