नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - गण्डकी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
गएको चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा भएको हो । प्रदेश सरकार गठन भएपछि २०७४ साल फागुन ४ गते गण्डकीको मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
गण्डकी प्रदेशमा कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेका छन् । यसअघि हिजो लुम्बिनी प्रदेशले स्थापना दिवस मनाएको थियो । हिजो लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।