नवनियुक्त तीन कुलपतिद्वारा शपथ ग्रहण : सङ्गीत तथा नाट्यमा शर्मा, प्रज्ञामा राई र ललितकलामा हार्तम्छाली

 फागुन ४, २०७९ बिहीबार ११:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई  शपथ गराउनुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई, उपकुलपतिमा कवि विमल निभा, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदी नियुक्त हुनुभएको छ । यस्तै, प्राज्ञहरूमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त हुनुभएको छ । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् । 

यसैगरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको  कुलपतिमा नारदमणि हार्तम्छाली, उपकुलपतिमा लालकाजी लामा, परिषद् सदस्यमा पाल्साब्मो लामा, प्रदीप अधिकारी (सुसान्त), सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा र अरुणा हिबमाब नियुक्त हुनुभएको छ । यस्तै सचिवमा देवेन्द्रकुमार काफ्ले नियुक्त हुनुभएको छ । 

यसैगरी, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा निशा शर्मा, उपकुलपतिमा शम्भु राई, सचिवमा कुस्मा महरा नियुक्त हुनुभएको छ । यस्तै, परिषद् सदस्यमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा हुनुहुन्छ । उहाँहरुलाई सरकारले हिजो नियुक्त गरेको हो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया